विश्व वातावरण दिवसको अवसरमा गरिमा विकास बैंककाे ‘वृक्षरोपण कार्यक्रम’

लोकपथ
42
Shares

काठमाडौं । ‘हरियो वन, नेपालको धन’ भन्ने मूल नारालाई आत्मसात् गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रवर्द्धन गर्ने हेतुले गरिमा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २०७९ साल जेठ २२ गते आइतबारको दिन कालिका पार्क, बुढानिलकण्ठ, काठमाडौंमा बृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व वातावरण दिवस २०२२ को दिन सम्पन्न उक्त कार्यक्रममा बूढानीलकण्ठ वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ एवं यस विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले संयुक्त रुपमा रुख रोपी कार्यक्रमको उद्घाटन गरेका थिए ।

यस कार्यक्रमअन्तर्गत उक्त पार्कमा करिब २०० विभिन्न प्रजातिका बिरुवा रोपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?