काठमाडौं । इन्डोनेशियामा जारी १८ औं एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत पुरुष फुटबलमा नेपालले भियतनामको सामना गरिरहेको छ ।
यि दुई टिमबीचको खेल विभाहा मुक्ति स्टेडियममा भइरहेको छ । ‘एशियाड’मा नेपाल र भियतनाम पहिलो पटक आमने—सामने भइरहेका छन् ।
यसअघि सिनियर राष्ट्रिय टिममा भने नेपाल र भियतनाम दुई पटक भिडिसकेका छन् । दुई पटकको भिडन्तमा नेपाल भियतनामसँग पराजित भएको छ ।
सन् २००३ को सेप्टेम्बरमा भएको ‘एएफसी एसिया कप’ अन्तर्गतको दुई लेगको पहिलो खेलमा नेपाल ५–० ले तथा दोस्रो खेलमा २–० ले पराजित भएको थियो ।
नेपाल पहिलो खेलमा एसियाली पावरहाउस जापानसँग १–० गोलले पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया