काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी अर्थात् मिलियन डलर राउन्ड टेवलका बिजेता अभिकर्ताहरुलाई सम्मान गरेको छ ।
कम्पनीका अनुसार विर्तामोड झापाको होटल किङसवरीमा यही जेठ २१ गते सम्पन्न गरिएको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा, माला, ब्लेजर कोट र सम्मान पत्रबाट सम्मान गरेका थिए ।
भारतका वरिष्ठ प्रशिक्षक प्रभु देसाईँले कार्यक्रममा उपस्थित करिब एक सय ५० जना विजेता अभिकर्ताहरुलाई एमडीआरटी, सीओटी, टीओटीजस्ता उत्कृष्ट टाइटल कसरी हासिल गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएका थिए ।
अमेरिकामा केन्द्रीय कार्यालय रहेको अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटी अर्थात् मिलियन डलर राउन्ड टेवलमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीबाट चारजना सीओटीसहित १५७ जना अभिकर्ताहरु एमडीआरटीका लागि योग्य भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया