एजेन्सी ; अमेरिकी प्रतिरक्षा मन्त्रालयका अधिकारीहरूले अमेरिकी सेनाले मनाउने भनिएको सैनिक दिवस भेट्रान्स डे कम्तीमा सन् २०१९सम्मका लागि रोकेका छन् ।
युद्धमा वीरता प्रदर्शन गरिएको सम्मानमा सेनाले सैनिक दिवस मनाउने गरेको छ ।
अमेरिकी सेनाले विश्वयुद्ध प्रथमको समाम्पिमा यो सैनिक दिवसको आयोजना गरिएको थियो ।
तर अमेरिकी रक्षमन्त्रालय कम्तीमा एक वर्षका लागि यो दिवसको आयोजनालाई रोकेको हो ।
यो सैनिक परेडको आयोजनका लागि एक अनुमानित खर्चको आँकलन गरिएको थियो ।
बिहीबार यो आयोजनाको लागत ९ करोड अमेरिकी डलर हुने भनिएको थियो । यो मौलिक अनुमान भन्दा ३ गुना बढी रहेको पाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजन गर्न खोजेको यो सैनिक परेडका बारेमा डेमोक्रेटिक सांसदहरूले आलोचना गरेका थिए । उनीहरूले यसलाई धनको बर्बादी भनेर टिप्पणी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया