एजेन्सी : उरुग्वेका पूर्व राष्ट्रपति होजे मुहिकालाई विश्वकै सबैभन्दा गरिब पूर्व राष्ट्रपति भनिएको छ ।
उनको सेवानिवृत हुँदा निवृति भरण लिन अस्वीकार गरेको र साधारण जीवन शैलीमा बाँचिरहेकाले उनलाई गरिब पूर्व राष्ट्रपति भनिएको हो ।
राष्ट्रपति पदको कार्यकाल पछि सन् २०१५यता उरुग्वेको संसदमा सिनेटर भइरहेका छन् ।
८३ वर्षीय मुहिकाले आफ्नो कार्यकाल पूरा हुन अघिने सो पदबाट राजीनामा दिएका हुन् । उनले आफ्नो लामो यात्राबाट थाकेको भन्दै राजीनामा दिएका हुन् ।
मुहिकाकी पत्नी उपराष्ट्रपति लुसिया तोपोलान्स्की नै सिनेटको अध्यक्ष छिन् । मुहिकाले सिनेट अध्यक्षलाई लेखेको राजीनामा कारण नीजी भएको जनाएकाछन् ।
बामपन्थी मुहिकाले राजीनामा लेखेका छन् “ जबसम्म मेरो दिमाग काम गरिरहेको छ तबसम्म एकता र विचारहरूसँगको संघर्षबाट राजीनामा दिन सक्दिन् ।”
मुखाले भएकाले मुहिकालाई सार्वजनिक अभिव्यक्तिका कारण माफी पनि माग्नु परेको थियो ।अर्जेन्टिनाकी राष्ट्रपति क्रिस्टिनालाई बुढी चुडैल भनेपछि माफी माग्नु परेको थियो ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई बाख्री जस्तो पाल भनेकाले पनि माफी माग्नु परेको थियो ।
राष्ट्रपति हुँदा विशाल भवनमा बस्न अस्वीकार गरेका थिए । पत्नीसँग उनी राजधानी बाहिरको क्षेत्रमा पर्ने एक फार्महाउसमा बस्दै आएका छन् ।
दुबै पति पत्नी उरुग्वेको विद्रोही समूहका सदस्य रहेका थिए ।
राष्ट्रपति बनेपछि आफ्नो तलब दान गरेका थिए । त्यतिखेर उनको एक सम्पति फक्सवागनको बीटल कार थियो ।
हलुका नीलो रंगको त्यो कार लोकप्रिय भएपनि त्यसलाई खरिद गर्न १० लाख अमेरिकी डलरको प्रस्ताव गरिएको थियो ।
तर उनले त्यो बेच्न मानेका थिएनन् । कतिपयले यो राजीनामालाई उनी फेरि राष्ट्रपति पदमा चुनाव लडन खोजेको चालबाजीको रूपमा पनि लिएका छन् ।
उनका विरोधी पार्टीका नेताहरूले उनलाई विद्रोही भएकोमा माफी माग्न भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया