के ‘थलापथी ६७’ मा सञ्जय दत्तले खलनायकको भूमिका निभाउदैँछन ?

लोकपथ
553
Shares

काठमाडौं । भारतीय चलचित्र ‘विक्रम’ ले बक्स अफिसमा धमाका मचाएको छ । यही कारणले गर्दा फ्यानहरू लोकेश कनागराजको आगामी फिल्मको उत्सुकताका साथ प्रतिक्षा गरिरहेका छन् ।

तमिल अभिनेता विजय हाल वामसी पदिपल्लीद्वारा निर्देशित फिल्म ‘थलापथी ६६’ को कममा व्यस्त छन् । यस फिल्ममा विजयका अलावा रश्मिका मन्डन्ना र सरथ कुमार पनि मुख्य भूमिकामा देखिनेछन् ।

यसपछि उनले फिल्म ‘विक्रम’का निर्देशक लोकेश कनागराजसँग आगामी प्रोजेक्टमा काम सुरु गर्नेछन् । मिडिया रिपोर्टका अनुसार निर्देशकले परियोजनाको नाम ‘थलापथी ६७’ राखेका छन् । चलचित्रको छायांकन अक्टोबरबाट सुरु हुने बताइएको छ ।

थालापथी ६७

के सञ्जय दत्तले खलनायकको भूमिका निर्वाह गर्नेछन् ?

‘थलापथी ६७’ को स्क्रिप्ट सुपरस्टार रजनीकान्तलाई ध्यानमा राखेर लेखिएको थियो तर पछि यो अभिनेता विजयका लागि सोही अनुसार परिमार्जन गरिएको दाबी पनि गरिएको छ । यसै क्रममा ‘थलपति ६७’ को टोली ‘केजीएफः च्याप्टर २’ मा सञ्जय दत्तको भूमिकाबाट प्रभावित भएको खबर आइरहेको छ ।

अधेरा, केजीएफ २ मा सञ्जय दत्त

उनीहरुले फिल्ममा खलनायकको भूमिका निर्वाह गर्न सञ्जय दत्तसँग सम्पर्क गरेका छन् । तर सञ्जय दत्तले अहिलेसम्म प्रोजेक्टमा आफू समावेश हुने नहुने बताइसकेका छैनन् ।

भर्खरै एक अवार्ड समारोहमा, निर्देशकले फिल्ममा थालापथी फ्यानहरूका लागि धेरै राम्रा चीजहरू हुन गइरहेको खुलासा गरे। यो फिल्ममा फेरि अनिरुद्धले संगीत दिनेछन् । यसैबीच, मिडिया रिपोर्टहरूले दाबी गरिरहेका छन् कि फिल्म निर्माताहरूले फिल्ममा मुख्य भूमिका खेल्न सामन्थालाई सम्पर्क गरेका छन्।

विजय-सामन्था

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?