लुकाकुले २०२० को युरो कपपछि सन्यास लिने

बेल्जियम । बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले २०२० को युरो कप फुटबलपछि सन्यास लिने भएका छन् । 

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा बेल्जियमका सर्वाधिक गोलकर्ता लुकाकुले २०२० को युरो कपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने योजना बनाएको जानकारी दिएका हुन । 

त्यस्तै, २०२२ मा कतारमा हुने विश्वकप भने नखेल्ने बताएका छन् । ‘युरो कपपछि मैले सन्यास लिने घोषणा गरेको छु । अहिले म २५ वर्षको छु । सायद चार वर्षपछि कतारमा हुने विश्वकपमा खेल्दिन,’ उनले भने । 

त्यस्तै, उनले दुई वर्ष पछि सन्यास लिने पनि जानकारी दिए । 

लुकाकु बेल्जियमका सर्वाधिक गोलकर्ता हुन् । उनले बेल्जियमको राष्ट्रिय टिमबाट ७५ खेलमा ४० गोल गरेका छन् । रसिया विश्वकपमा बेल्जियमलाई सेमिफाइनलसम्म पु¥याउन लुकाकुले उच्च प्रदर्शन गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?