काठमाडौं ।मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै आज ‘शुक्रवार’बाट नयाँ कानुन लागू भएको छ ।
१ सय ६५ वर्ष पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गरि आजबाट नयाँ कानुन कार्यान्वयनमा आएको हो ।
तत्कालिन श्री ३ जंग बहादुर राणाको पालामा वि.सं १९१० मा बनेको मुलुकी ऐनलाई मुलुकी देवानी ‘संहिता’ ऐन, मुलुकी देवानी कार्यविधी ‘संहिता’ ऐन, मुलुकी अपराध संहित ऐन, मुलुकी फौजदारी कार्यवृद्धी ‘संहिता’ ऐन, फौजदारी कसुर, ‘सजाय निर्धारण तथा कार्यान्वयन’ ऐन र केही नेपाल कानुनलाई संशोधन, एकिकरण, समायोजन खारेज गरेको छ ।
यस मुलुकी ऐन अन्तर्गत फुटबल खेलमा म्याच फिक्सिङ गरेको पाइएमा तीन वर्षको कैद वा ३० हजार रुपैयाँसम्मको जरिवाना लाग्ने उल्लेख गरिएको छ ।
अहिलेसम्म नेपालको मुलुकी ऐनमा म्याच फिक्सिङ गर्ने खेलाडी र क्लबहरुका लागि कुनै नियम बनाएको थिएन ।
यसअघि नेपालका पूर्व राष्ट्रिय फुटबल कप्तान सागर थापा, सन्दिप राई, रितेश थापा, विकाश सिंह क्षेत्री र अन्जन केसीलाई म्याच फिक्सिङको आरोप लागेको थियो ।
वि.सं. २०७२ असोज २७ गते प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको थियो । तर, उनीहरुले विशेष अदालतबाट सफाइ पाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया