‘हाम्रो पात्रो’बाट प्रतिमहिना १० करोडभन्दा बढीको रेमिट्यान्स भित्रियो

लोकपथ
70
Shares

काठमाडौं । नेपालकै लोकप्रिय एप ‘हाम्रो पात्रो’ एपबाट एक महिनामै १० करोडभन्दा बढीको रेमिट्यान्स नेपाल भित्रिएको छ। एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले सात महिनाअघि मात्र यो सुविधा प्रयोगकर्तामाझ सञ्चालनमा ल्याएको थियो।

हाम्रो पात्रोले ६ महिनाअघि मात्र १ करोडको रेमिट्यान्स भित्र्याएको थियो भने यो महिनामा १० करोडको रेमिट्यान्स भित्र्याएको छ। यो अवसरमा हाम्रो पात्रो इंक.का फाउन्डर/सीईओ शंकर उप्रेतीले प्रयोगकर्तालाई धन्यवाद व्यक्त गरेका छन् ।

‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ’, म सबै प्रयोगकर्ताहरूलाई उहाँहरूको विश्वासको लागि आभार व्यक्त गर्दछु’, उनले भनेका छन्, ‘हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई कम शुल्कमा सजिलै नेपालमा पैसा पठाउने सुविधा दिनु हो।’

त्यसैगरी ‘इन्स्ट्यांन्ट ट्रान्सफर’ सुविधा चाँडै आउने शंकर उप्रेतीले बताए । जसअन्तर्गत पैसा पठाएको केही समयमै नेपालको बैंकखाता अथवा मोबाइल एपमा डिपोजिट हुनेछ।

रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर समेत प्रदान गरेको छ। जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटक १००० डलरसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा रकम पठाउन सक्नेछन्।

हाम्रो पात्रो एपले नेपाली एपहरुमा नयाँ–नयाँ रेकर्ड कायम गर्दै गएको छ। यसअघि १० लाख र ५० लाख हुँदै १ करोड डाउनलोड पूरा गर्नेमा हाम्रो पात्रो पहिलो नेपाली एप बनेको थियो। हालै, एपले दैनिक १७ लाख र मासिक १ करोड दश लाख सक्रिय प्रयोगकर्ता भएको कोसेढुङ्गा पार गरेको छ। पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?