काठमाठौं । एशियाली खेलकुद ‘एशियाड’को औँ संस्करण शनिबारबाट इन्डोनेशियामा शुरु हुँदैछ ।
राजधानी जाकर्ताको द गेलोरा बंग कार्लो रंगशालामा भव्य कार्यक्रमका साथ उद्घाटन हुँदैछ । उद्घाटन समारोहलाई भब्य बनाउन आयोजकले हजारौ कलाकारलाई मैदानमा उत्रार्दैछन्
उद्घाटन समारोह नेपाली समय अनुसार आज ‘शनिवार’ साँझ ६ बजेपछि शुरु हुँदैछ ।
जाकर्ता शहरस्थित जिबिके रंगशालामा ‘एशियाड’मा ४५ राष्ट्रका ११ हजार भन्दा बढि खेलाडीले मार्च पास गर्दैछन् । यो समारोह ७६ हजार भन्दा बढी दर्शकले प्रत्यक्ष रुपमा हेर्दैछन् ।
चार घण्टा लामो हुने उद्घाटन समारोहका लागि मैदानमा एक सय २० मिटर लामो, ३० मिटर चौडा र २६ मिटर अग्लो स्टेज बनाइएको छ ।
समारोहमा १८ जना कलाकारले प्रस्तुती दिदैछन् ।
१८ औँ एशियाडमा नेपालले २९ खेलमा भाग लिदैछ । यसपटकको ‘एशियाड’मा १ सय ८५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जस अन्तर्गत पुरुषमा १ सय २९ र महिलामा ५ सय ६ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।
उद्घाटन सत्रको मार्चपासमा नेपालीको प्रतिनिधित्व गर्दै भारोत्तलनका कमलबहादुर अधिकारीले नेपालको चन्द्र सूर्यअंकित झण्डा बोक्दैछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया