काठमाडौं । बलिउड स्टारहरु आफ्नो अभिनय र लुक्सका कारण स्वदेशमा मात्रै नभवभर चर्चित छन् । उनीहरु आफ्नो फिल्मका लागि आफ्नो फरक फरक लुक्समा देखिएका हुन्छन् तर वास्तविक जीवनमा उनी आफूलाई फिट एन्ड फाइन राख्छन् । फिटनेसको मामिलामा बलिउड कलाकारहरू निकै सतर्क देखिन्छन् ।
आफ्नो फिटनेसका कारण उनीहरु करोडौं जनताका लागि प्रेरणा बनेका छन् । बलिउडका धेरै सुन्दरीहरू पनि छन् जसले आफ्ना फिटनेसका कारण उमेरलाई पनि मात दिइरहेका छन् । ४५ वर्षको उमेर नाघेका अभिनेत्रीहरुको फिटनेस देखेर सबै अचम्मीत हुने गरेका छन् । ऐश्वर्या रायदेखि मलाइका अरोरासम्म यस लिस्टमा धेरै नाम छन् ।
ऐश्वर्या राय बच्चन :
बलिउडकी सुन्दर अभिनेत्रीमध्येकी एक ऐश्वर्या राय बच्चन अहिले पनि मानिसको मनमा छिन् । सौन्दर्य र फिटनेसका हिसाबले ४८ वर्षको उमेरमा पनि ऐश्वर्या पछि छैनिन् । आफ्नो फिटनेसलाई कायम राख्न ऐश्वर्या जिममा पसिना बगाउन रुचाउँछिन् । हिँडडुलका साथसाथै उनी खानपानमा पनि ख्याल गर्छिन् । उनको आहारमा फलफूल, तरकारी र सुख्खा फलफूल समावेश छ ।
करिश्मा कपूर :
कपूर बहिनीहरूको नाम सधैं बलिउड फिटनेस फ्रिकहरूको सूचीमा समावेश हुन्छ। तर उमेर ढल्किदै गएपनि फिट रहने कुरा आउँदा करिश्मा बिना यो लिस्ट अधुरो देखिन्छ । ४७ वर्ष पुगेकी करिश्मा कपुर दुई सन्तानकी आमा भए पनि उनलाई देखेर यो त्यस्तो भने लाग्दैन । मिडिया रिपोर्टका अनुसार करिश्माले आफूलाई फिट राख्न कसरत गर्नुका साथै ग्लुटेन फ्री डाइट पनि फलो गर्छिन् ।
मलाइका अरोरा :
मलाइका फिटनेस र ड्रेसिङको मामिलामा प्रतिस्पर्धा गर्न नसक्ने अभिनेत्रीमध्ये एक नाम हो । ४८ वर्षकी भए पनि मलाइकाले आफ्नो फिगरको हेरचाह गर्ने तरिका साँच्चै प्रशंसनीय छ । मलाइका फिटनेसको बारेमा कत्तिको सचेत छिन् भन्ने कुरा हामी सबैलाई थाहा छ, जसलाई कायम राख्न उनी सही कसरतसँगै खानपिनको समयको पनि पूर्ण ख्याल राख्छिन् । साँझ ७ बजेपछि उनी केही खाँदैनन् ।
शिल्पा शेट्टी :
फिटनेस फ्रिक अभिनेत्रीहरूमा शिल्पा शेट्टी समावेश नहुने, यो कहिल्यै हुन सक्दैन। तर के तपाईलाई थाहा छ आफ्नो किलर फिगरले सबैको होश उडाउने शिल्पा ४७ वर्षकी भइन् । शिल्पा आफ्नो फिटनेसलाई कायम राख्न दिनहुँ योगा गर्छिन् र स्वस्थ खानपानको पनि पालना गर्छिन् ।
रविना टण्डन :
रविना पनि बलिउडकी फिट नायिका हुन् । ४७ वर्षको उमेरमा दुई सन्तानकी आमा भए पनि उनले आफूलाई राम्रोसँग सम्हालिसकेकी छिन् । उनी फिट रहन योगा पनि गर्छिन् र यसका साथ घरमा पकाएको खाना खान मन पराउँछिन् । जंक फूडबाट जति टाढा रहन्छौ, त्यति नै तपाईको फिटनेस र फिगर कायम रहने उनको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया