काठमाडौं । हालै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । काठमाडौंको फोहोर मैला व्यवस्थापनलाई प्रमुख एजेण्डा बनाएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह मेयर पदमा निर्वाचित भए । मेयर बालेनले काठमाडौं महानगरपालिकाका मानिसहरुको पापका कारण सिसडोल बासीले सास्ती भोग्नु परेकाले फोहोर व्यवस्थापन नभएसम्म विजयी उत्सव र टिका माला नलगाउने प्रतिवद्धता जनाएका थिए ।
महानगरपालिकाको पहिलो बैठकमा पनि उनले फोहोर व्यवस्थापनलाई नै प्रथमिकतामा राखेका थिए । मेयर पदको शपथ पनि नलिदै उनी सिसडोल अवलोकनका लागि पुगेका थिए । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयबीच सहमति भएपछि आजबाट फोहोर फालिने भनिएपनि फोहोर फाल्न सिसडोलमा स्थीती सहज भने छैन् ।
सोमबार भएको सहमतिअनुसार सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रभावित क्षेत्रका पाँच वटा सडक निर्माणका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण,सामुदायिक भवन मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजन गर्ने भएपछि सहमती जुटेको हो ।
यस्तो छ सहमती पत्र :
सहमतीका लागि बसेको बैठकमा प्रभावित क्षेत्र भन्दै ककनि गाँउपालिका १,२,३ र धुनिबेशी नगरपालिका १,३,४ का प्रतिनिधीसहितको बैठक बस्यो । बैठक पछिको सहमतिपत्रमा ककनि गाँउपालिका १,२,३का र धुनिबेशी नगरपालिकाका प्रमुखको हस्ताक्षर भयो । तर फोहोर ढुवानी गर्दा प्रभावित तारकेश्वर नगरपालिकाको ३,४,५ वडासँग भने कुनै सल्लाह नै नभएको जनप्रतिनिधिहरु बताउछन् ।
यो पनि पढ्नुहोस् : प्रहरीको सुरक्षा दिएर बञ्चरेडाँडामा फोहोर लगिँदै
तार्केश्वर वडा नं ३ ले एक सूचना जारी गर्दै सम्बन्धीत निकाएको ध्यानाकर्षण गरेको छ ।
तार्केश्वर वडा नं ३ अन्तर्गत पर्ने करिब ५ किमि सडकमा दैनिक रुपमा करिब ३०० फोहोरमैला बोक्ने ट्रक गुड्ने गरेका छन् । यसरी दैनिक ३०० को हारहारीमा ट्रक गुड्दा बाटो तथा, फोहोर ढुवानी गर्ने क्रममा अव्यवस्थित रुपमा ओसारपसार गर्ने हुँदा वडाबासीको स्वास्थयमा समेत गम्भीर असर पर्ने गरेको कुरालाई काठमाडौं महानगरपालिकाले नजरअन्दाज गरेको तारकेश्वर वडा नं ३ का अध्यक्ष परशुराम अर्यालले लोकपथलाई जानकारी दिए ।
त्यसो त, काठमाडौं महानगरपालिकाले तारकेश्वर नगरपालिका वाड नं ३ लाई फोहोरमैला प्रभावित क्षेत्रको रुपमा सुचिकृत गरि वार्षिक बजेटसमेत विनियोजन गर्दै आएको छ । तर हालै भएको सम्झौतामा ३ नं वाडलाई नसमेटी आफूखुसी सम्झैता गरेको भन्दै स्थानीयहरु आक्रशित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया