यस्तो छ अाजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं : नेपाल राष्ट्र बैंकले अार्इतबारका लागि तोकेको विनिमय दरअनुसार नेपालमा विदेशी मुद्राहरूको सटही दर स्थिर देखिएको छ । 

साउदी रियालको खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३० रुपैयाँ १ पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रिदर ३० रुपैयाँ ९१ पैसा रहेको छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रिदर ३० रुपैयाँ ६४ पैसा कायम गरिएको छ । 
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २६ पैसा र बिक्रिदर २७ रुपैयाँ ४१ पैसा रहेको छ । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रिदर १० रुपैयाँ रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ६८ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर ३ सय ७० रुपैयाँ ८९ पैसा कायम गरिएको छ । 

बहराइन दिनार एकको खरिददर २ सय ९६ रुपैयाँ ८३ पैसा र बिक्रिदर २ सय ९८ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?