नुवाकोट : गेर्खु खोलाले सडक कटान गरी बगाउँदा पासाङल्हामु राजमार्गमा यातायात अावागमन ठप्प भएको छ ।
त्रिशुली-बेत्रावती खण्डमा पर्ने गेर्खु खोलाले सडक कटान गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, नुवाकोटका अनुसार अार्इतबार बिहान अाएको बाढीले विदुर नगरपालिका–१ र विदुर नपा–१० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेको छ । सडक कटान भएपछि यातायात ठप्प भएको हो ।
अहिले सडक मर्मतका लागि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाको ठेकेदारसँग कुराकानी भएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया