काठमाडाैं : नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले बजारमा सूनको अभाव हुन नदिन नयाँ विकल्प सुझाएका छन् ।
यसअघि तस्करीको सुनले धान्दै अाएको बजारमा दैनिक २० किलो वैध सुनले माग पुरा गर्न सम्भव नभएपछि सुनचाँदी व्यवसायीले अापूर्ति सहज बनाउन केन्द्रीय बैंक र सरकारलार्इ अाग्रह गर्दै अाएका छन् ।
नेपाली व्यवसायीले सूनचाँदीका गहना बनाएर विदेश निर्यात गरे राष्ट्र बैंकले चाहेजति सुन बजारमा पठाउन सक्ने गर्भनर नेपालले बताएका हुन् । गर्भनर नेपाल रत्न तथा अाभूषण संघको १४ अाैं बार्षिक साधारण सभामा बोल्दै थिए ।
पछिल्लो माैद्रि नीतिमा नै निर्यात गर्ने गहनाका लागि सुविधा दिने उल्लेख भएकाले सुनचाँदी व्यवासायीले गहना निर्यात गर्न चाहे मागेजति सुन दिने गर्भनर नेपालले बताए ।
एक्सपोर्ट हाउस खोलेर अावश्यक सुन मागे केन्द्रीय बैंकले सुन दिने जानकारी गराउँदै गर्भनर नेपालले निर्यात नै नगर्ने अवस्थामा अान्तरिक बजारमा खपतका लागि अनावश्यक रूपमा धेरै सुन दिन अावश्यक नरहेको अाशय व्यक्त गरे ।
निर्यात सन्तुलनका लागि पनि सुनको अापूर्तिमा कडार्इ गर्नुपर्ने जनाउँदै नेपालले अहिले सुन अभाव भयो भन्ने व्यवसायीहरूबीच मतैक्यता रहेकाले एउटै माग लिएर अाउन अाग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया