एजेन्सी : चीनको प्रतिरक्षा मन्त्रालयले अमेरिकासमक्ष अमेरिकी प्रतिरक्षा मन्त्रलाय पेन्टागनको कथनलाई अनुमान आधारित भएको दाबी गर्दै शिकायत गरेको छ ।
चिनियाँ सेनाले अमेरिकालाई तारो बनाइ तालिम लिइरहेको पेन्टागनको प्रतिवेदनलाई सत्यतथ्यमा आधारित नभइ अनुमानमा आधारित भएको चीनले जनाएको हो ।
अमेरिका र चीनबीच व्यापार युद्ध उच्च भइरहेका बेला चीनले विश्वमा आफ्नो वर्चस्व बढाउन यस्तो गरिरहेको भन्दै सो प्रतिवेदन तयार गरिएको थियो ।
सन् २०१७मा चिनियाँ रक्षा खर्च १ खर्ब ९० अर्ब अमेरिकी डलर रहेका पेन्टागनले अनुमान गरेको छ ।
चीनको प्रतिरक्षा मन्त्रालयले एक विज्ञप्ति निकालेर पेनटागनले चीनको रणनीतिक मनसायलाई चीनको सैनिक खतराको रूपमा व्यक्त गरेको जनाएको छ ।
यसबारे ध्यान दिन अमेरिकी पक्षले आग्रह गरेको हो । चिनियाँ रक्षा मन्त्रालयले चीन विश्व शान्ति र विश्व संरचना संरक्षण गर्न योगदान दिँदै आएको मन्त्रालयले जनाएको हो ।
चिनियाँ सेनाले आफ्नो आधुनिकीकरणको सुदृढीकरण देशको सार्वभौम सत्ता, सुरक्षा र विकासकाका साथै विश्वशान्ति, स्थायित्व र समृद्धिका लागि गरिरहेको मन्त्रालयले जनाएको छ ।
जुनमा सन् २०१४ यता पहिलो पटक पेन्टागनको पहिलो प्रमुखको रूपमा अमेरिकी प्रतिरक्षामन्त्री जिम म्याट्टिसले जुनमा भ्रमण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया