काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड र धनुषाको बटेश्वर गाउँपालिकाबिच सम्झौता भएको छ ।
सम्झौताामा अजोड ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बटेश्वर गाउँपालिका कार्यालय, बटेश्वर, धनुषाको तर्फबाट गाउँपालिका अध्यक्ष राम अषिश महतोले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सरकारको बीमा निती अनुरुप स्थानीय निकायसँग सहकार्य गरी बीमाको पहुँच ग्रामिण स्तर सम्म पुर्याउने र बीमा व्यवसायलाई सरल र प्रभावकारी बनाई बीमा व्यवसायको क्षेत्रको विकास र विस्तार गर्न बीमा व्यवसायको सेवा दिने तथा लिइने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया