एजेन्सी : बेलायतमा युरोपबाट बेलायत छुट्टिनुपर्ने माग सहितको अर्को जनमत संग्रह अभियान ब्रेग्जिटको लागि चन्दा अभियान शुरू गरिएको छ ।
फेसन लेबल सुपरड्राइका एक संस्थापक जुलियान डन्कर्टनले अर्को ब्रेग्जिट जनमत संग्रह गराउनका लागि १० लाख पाउन्डस्टर्लिंगको चन्दा दिएका हुन् ।
सन् २०१६को जुनमा बेलायतमा यो जनमत संग्रह सम्पन्न भइसकेको छ । त्यस अनुसार अर्को वर्ष मार्च २९मा बेलायत युरोपेली युनियनबाट अलग हुने प्रक्रियमा रहेको छ ।
सरकारले अर्को जनमत संग्रहको प्रस्तावलाई अस्वीकार गरेको छ ।
शनिबार इडिनबर्गमा आयोजित कार्यक्रममा उनले अर्को ब्रेग्जिट जनमत संग्रहका लागि यो रकम दान गरेको घोषणा गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया