१८ औँ ‘एशियाड’ : पाकिस्तानलाई हराउँदै नेपालको पुरुष ब्याड्मिन्टन टिम क्वाटरफाइनमा प्रवेश

जाकार्ता । इन्डोनेशियामा जारी १८ औं ‘एशियाड’मा नेपालको पुरुष ब्याड्मिन्टन टिम क्वाटरफाइनमा प्रवेश गरेको छ । 

आइतवार जाकार्तामा भएको प्रि-क्वाटरफाइनल खेलमा नेपाली टिमले पाकिस्तानलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । 

नेपालको पुरुष टिममा विकास श्रेष्ठ, दिपेश धामी, रत्नजित तामाङ र नवीन श्रेष्ठ छन् । अब सेमिफाइनल प्रवेशको लागि नेपालले भोली ‘सोमवार’ चाइनिज ताइपेइको सामना गर्नेछ । 

त्यस्तै, नेपालको महिला ब्याडमिन्टन टोली भने माल्दिभ्ससँग ३-१ ले पराजित भएको छ । २-० को अग्रता बनाएको नेपाल अन्तिम खेलमा माल्दिभ्ससँग पराजित भएको हो । 

 महिला टोलीमा नङ्गशलदेबि तामाङ, जेसिका गुरुङ, रसिला महर्जन र अमिता गिरी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?