एकसाथ फिल्म जुध्दा कलाकारलाई सास्ती !

काठमाडौं । यतिबेला सिनेमा घरमा तीन सिनेमा प्रदर्शन भइरहेका छन् । अर्को फिल्म ‘बाह्रमासे’ पनि केही हलमा रिलिज भइरहेको छ । तर चर्चा र हल्ला भने तीन फिल्मले बनाएका छन् ।

एकसाथ रिलिज भएका तीन फिल्म ‘ब्ल्याक’, ‘मिस्टर भर्जिन’ र ‘जय शम्भु’ बीच टक्कर छ । तीमध्ये तीनै फिल्मले उत्तिकै पब्लिसिटी गरेका छन् । उत्तिकै चर्चा कमाएका छन् र उत्तिकै चिनिएका कलाकारलाई अभिनय गराएका छन् ।

फिल्म एकसाथ जुध्दा फिल्मलाई त घाटा नै छ । तर, कलाकारलाई पनि उत्तिकै तनाव देखिएको छ । शनिवार काठमाडौंका विभिन्न हलमा फिल्मका कलाकार पुगिरहेका थिए । शुक्रवार पनि झण्डै दिनभरी जसो तीनै फिल्मका कलाकार विभिन्न कलाकार पुगेका थिए । दर्शकसँग साक्षात्कार गरिरहेका थिए ।

फिल्म जुध्दा आ–आफ्ना फिल्मको प्रचार गर्न परेपछि उक्त फिल्मका कलाकारलाई भने दर्शकसँग साक्षात्कार गर्न केही असहज भएको थियो । जुन फिल्म रिलिज भयो, त्यही भीडमा आएर कलाकार मिसिने तर अर्को फिल्म सकिने बेला कलाकार अर्कोतिर गइसक्ने अवस्था थियो ।

शनिवार काठमाडौंको अष्टनारायण हलमा फिल्मकर्मीको उपस्थिति थियो । ‘ब्ल्याक’ सकिने बेलामा दर्शकसँग आकाश श्रेष्ठ र आँचल शर्मा देखिन्थे । पछि अर्को फिल्म सकिने बेलामा सोही फिल्मका कलाकार दर्शकमाझ जान्थे ।

सरसर्ती हेर्दा फिल्म हलमा यतिबेला तीन फिल्मका कारण दर्शक ताने पनि फिल्म हलमा पुगेर कुन फिल्म हेर्ने भनेर दर्शक नै कन्फ्युज भएका छन् ।

अर्कातिर कलाकारलाई पनि कलाकारसँगै दर्शकसँग सेल्फी खिच्दा जुधिने हो कि भन्ने अवस्था सिर्जना भएको छ ।

त्यसो त हरेक हप्ताजसो फिल्म जुध्नु नेपाली सिनेमाका लागि खासै नौलो भएन । तर एकसाथ उत्तिकै हाइप भएका तीन फिल्म जुध्दा भने दर्शक मात्र हैन, कलाकार पनि पूरै कन्फ्युज भइरहेको प्रष्ट छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?