जाकार्ता । १८ औँ एशियाली खेलकुद ‘एशियाड’मा नेपालका लागि भारत्तोलन खेलाडी कमल बहादुर अधिकारीले चन्द्र सुर्य अंकित राष्ट्रिय झण्डा बोकेका थिए ।
दक्षिण एसियाली खेलकुद ‘साग’मा भारोत्तोलनका एक मात्र स्वर्ण पदक विजेता अधिकारीले मार्चपार्समा नेपालको झन्डा बोकेका हुन् । मार्चपार्समा नेपालबाट १ सय १० सदस्यीय टोली सहभागी थिए ।
केहि खेलाडी आउने क्रम बाँकी रहेको र आइतबार प्रतिस्पर्धा गर्नुपर्ने खेलाडीले मार्चपार्समा सहभागीता नजनाएको राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षक विभाग निर्देशक एवं अफिसियल रिमबहादुर रानाभाटले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया