जाकार्ता । १८ औं ‘एशियाड’ अन्तर्गत तेक्वान्दोतर्फ भोली ‘सोमबार’ नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्दैैछन् ।
महिला ५३ केजीतर्फ निमा गुरुङ ‘बाई’ पाउँदै अन्तिम १६ मा प्रवेश गरेकी छिन् । उनली अन्तिम ३२ बाट सिधै ‘बाई’ पाएर प्रि-क्वाटरफाइनलमा पुगेकी हुन् ।
अब क्वार्टरफाइनलमा प्रवेशका लागि निमाले लेवनानकी एओउन लाइटिटिआसँग प्रतिस्पर्धा गर्नेछिन् । त्यस्तै, महिलाको ६७ केजी तौलतर्फ संगिता बस्याल नेपालीले अन्तिम १६ मा फिलिपिन्सकी डार्लनेमाइ एर्पोनसँग प्रतिस्पर्धा गर्नेछिन्।
यता, पुुरुष ५८ केजी तौलतर्फ सागर गुुवाँजुुले प्रतिस्पर्धा गर्नेछन् । उनले अन्तिम ३२ को खेलमा भुटानको दोर्जी तेन्जीङसँग भिड्नेछन् । नेपालले ‘एशियाड’मा तेक्वान्दोमा ६ पुुरुष र ८ महिलाले प्रतिस्पर्धा गर्दैछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया