१८ औँ ‘एशियाड’मा चीन शीर्ष स्थानमा ‘सूचीसहित’

जार्काता । १८ औँ एशियाली खेलकूद ‘एशियाड’ अन्तर्गत दोस्रो दिन कूल ८ पदक जित्दै चीन शीर्ष स्थानमा रहेको छ । 

चीनले ४ स्वर्ण, ३ रजत र १ कास्य पदक जित्दै पहिलो स्थानमा रहेको छ । हामीले यो समाचार तयार पार्दासम्म २ स्वर्ण, २ रजत र २ कास्य गरि ६ पदक जितेको कोरिया दोस्रो स्थानमा छ । 
त्यस्तै, आयोजक राष्ट्र इन्डोनेशिया १ स्वर्ण र १ रजत रजत पदक सहित तेस्रो स्थानमा छ  ।

१ रजत र ३ कास्य सहित ४ पदक जितेको चाइनिज ताइपेई चौंथो स्थानमा छ । छिमेकी मुलुक भारतले १ कास्य पदक मात्र जितेको छ । 

प्रतियोगितामा  ४५ देशका ११ हजार ५ सय खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गरिरहेका छन् । ४० खेलका ४ सय २० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?