युनाइटेड इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठद्धारा पद तथा गोपनियताको सपथ

लोकपथ
28
Shares

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका अध्यक्ष रविभक्त श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

कम्पनीको यही जेठ २३ गते बसेको २८औँ वार्षिक साधारणसभामा भएको निर्वाचनबाट संचालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्यहरुबाट संचालक समितिको अध्यक्ष पदका लागि श्रेष्ठलाई चुनिएको थियो ।

बीमकको संस्थागत सुशासन निर्देशिका २०७५, को दफा ३ को उपदफा (४) बमोजिम यही जेठ २६ गते अध्यक्ष श्रेष्ठले बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अनुसूची १ बमोजिमको ढाँचामा पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

सोपश्चात कम्पनीको केन्दीय कार्यलयमा बसेको संचालक समितिको बैठकमा अन्य संचालकहरुले अध्यक्ष श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेको कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?