सिटिजन्स बैंकका ग्राहकले मनकामना हस्पिटलमा छुट प्राप्त गर्ने

लोकपथ
63
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भरतपुर, चितवन स्थित मनकामना हस्पिटल प्रा.लि.बिच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले मनकामना हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ ।

त्यसैगरी, आफ्ना कार्डबाहकहरुको सुविधालाई ध्यानमा राखी नेपालभित्रका जुनसुकै बंैकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभीन्न वचत खातामा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?