काठमाडाैं : कालीमाटी तरकारी बजारको अनुगमन गर्न गएका सरकारी अधिकारीहरूलार्इ त्यहाँका ब्यापारीहरूले गुण्डाको प्रयोग गरि बन्धक बनाएका छन् ।
अापराधिक गतिविधी गरिरहेका स्थानीय चुल्ठेमुन्द्रे प्रयोग गरि अाफुहरूलार्इ बन्धक बनाएको सरकारी अनुगमनकारीहरूले बताएका छन् । उनीहरू बिहान ३ बजे नै तरकारी बजारको अनुगमन गर्न कालीमाटी पुगेका थिए ।
उनीहरूलार्इ अहिले स्वतन्त्र ढंगले अनुगमन गर्न दिर्इएको छैन भने भित्र-बाहिर गर्न समेत दिर्इएको छैन । बन्धक बनार्इएका कर्मचारीको संख्या १ दर्जन हाराहारीमा रहेको जानकारी प्राप्त भएको छ।
अनुगमन टोलीले अाफुहरूको ज्यूज्यानको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयसँग अनुरोध गरेका छन् ।
कर्मचारीहरूको सुरक्षाका लागि अहिले त्यहाँ प्रहरी परिचालन गरिएको छ । घटनाबारे विस्तृत विवरण अाउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया