ला लिगामा रियल म्याड्रिड, सेभिया र हुएस्का विजयी

स्पेन । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड विजयी भएको छ । 

घरेलु मैदान सान्टियागो वर्नावेउमा आइतवार राति सम्पन्न भएको खेलमा रियल म्याड्रिडले गेटाफेलाई २-० गोल अन्तरले पराजित गर्न सफल भएको हो ।

खेल शुरु भएको २० मिनेट पनि बित्न नपाउँदै रियलका लागि ड्यानी कार्भाजलले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । पहिलो हाफसम्म एक-शुन्य गोलले अगाडी रहेको रियलले दोस्रो हाफमा थप एक गोल  गर्‍यो ।

खेलको ५१ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै खेललाई २-० को स्थितीमा पुर्‍याए । एक पक्षिय रहेको खेलको निर्धारित समयसम्म गेटाफेले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन् र खेल २-० ले हार्‍यो ।

पोचुर्गिस स्टार क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि रियल म्याड्रिडले पहिलो लिगको खेलमा जीत हात पारेको हो ।

 त्यस्तै, आइतवार राति नै भएको अर्को खेलमा सेभियाले रायो भाल्लेकानोलाई ४-१ गोल अन्तरले हरायो । यसै सिजन मात्र एसी मिलानबाट लोनमा सेभिया पुगेका पोचुजिस खेलाडी आन्द्रे शिल्भाले ह्याट्रिक गरे ।

यता, नवप्रवेशी क्लब हुएस्काले आइबरमाथि २-१ गोलको जीत दर्ता गराएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?