१८ औँ ‘एशियाड’ : नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्ट्सबाट बाहिरियो (तस्वीर सहित)

जाकार्ता । १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत नेपाली पुरुष ब्याडमिन्टन टोली पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

 सोमबार दिउँसो भएको क्वाटरफाइनल खेलमा नेपाली टिम चाइनिज ताइपेईसँग ३-० को सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । 

नेपालको पुरुष टिम इभेन्टमा दिपेश धामी, रत्नजित तामाङ, विकास श्रेष्ठ र नवीन श्रेष्ठ थिए। यस अघि नै महिला टिम भने  पहिलो चरणबाटै बाहिरिएको थियो । 

यहि बिहीवारबाट ब्याड्मिन्टनको सिंगल्सतर्फको खेल शुरु हुनेछ। 

तस्वीर: लोकेन्द्र बस्नेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?