१८ औँ ‘एशियाड’ : माउन्टेन बाइक रेशमा नेपाल सातौँ स्थानमा

जाकार्ता । इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद अन्तर्गत माउन्टेन बाइकमा नेपालका राजेश मगरले सातौँ स्थानमा रेश पूरा गरेका छन् । 

खे बुन हिल सुबाङमा सोमबार भएको खेलमा राजेशले निर्धारित दुरी २ घण्टा २९ मिनेटमा पुरा गर्दै सातौँ भए ।

८ खेलाडी सहभागी यो खेलमा नेपालले सातौँ स्थान हात पारेको हो । आयोजक राष्ट्र इन्डोनेशियाका खोइफुल मुखिबले स्वर्ण पदक जिते । उनले निर्धारित दुरी २ घण्टा १६ मिनेट ६८७ सकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारे ।

चाइनिज ताइपेईमा शेनसाङ चियाङले रजत पदक तथा थाइल्याण्डका सुब्साकुन सुक्चान्याले कास्य पदक जितेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?