एनआईसी एसिया बैंकको एउटै खातामा सर्वश्रेष्ठ ब्याजदरसहित २४ प्रकारका फाइदा

लोकपथ
147
Shares

काठमाडौं । एनआईसी एसिया बैंकले बचतलाई प्रोत्साहन गर्नको लागि सर्वश्रेष्ठ बचत खाता सञ्चालनमा ल्याइसकेको छ । यो बचत खातामा सर्वाधिक आठ दशमलव शुन्य तीन प्रतिशत ब्याजदरसहित २४ प्रकारका फाइदाहरु रहेको बैंकले जानकारी दिएको छ । सोही फाइदाका कारण पनि बैंकको यो खाता पछिल्लो समय निकै नै प्रभावकारी बन्दै गएको छ ।

बैंकका अनुसार यो बचत खाता चार जनालाई पाँच बर्षसम्म कुल ८४ लाख रुपैयाँसम्मको बीमा रकम सुनिश्चित गर्ने सर्वश्रेष्ठ बचत खाता हो । एउटै खातामा प्राप्त गर्नुहोस सर्वश्रेष्ठ व्याजदरको साथमा २४ प्रकारका फाइदाहरु भन्ने नारासहित यो खाता सञ्चालनमा ल्याईएको बैंकले जनाएको छ ।

यो खातामा प्राप्त हुने २४ प्रकारका फाईदाहरुमा बीमा सम्वन्धी तीन प्रकारका फाईदाहरु रहेका छन् । यस अन्र्तगत पाँच बर्षसम्मको लागि दिइने तीन प्रकारका फाईदाहरुमा ४० लाख रुपैयाँसम्मको घातक रोग बीमा, ४० लाख रुपैयाँसम्मको दुर्घटना बीमा र चार लाख रुपैंयाँसम्मको औषधी उपचार बीमा रहेको छ । बैंकका अनुसार औषधी उपचार बीमामा दिइने सुविधामा ओपिडीमा ८० हजार र भर्ना खर्चमा तीन लाख २० हजार रुपैयाँसम्म रहेको छ ।

यसैगरी, कर्जासम्बधि तीन प्रकारका फाइदाहरुमा भने ब्याजदरमा विशेष सहुलियत, प्रशासनिक शुल्कमा विशेष सहुलियत र पुर्व स्वीकृत कर्जा सुविधा रहेको बैंकको भनाइ छ ।

सर्वसश्रेष्ठ बचत खातामा दिईने २४ प्रकारका फाईदाहरुमा भने १८ प्रकारका अन्य फाइदाहरु पाँच बर्षका लागि निशुल्क हुने छ । यसअन्तर्गत पाँच वर्षका लागि नि:शुल्क डेविट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?