ग्लोबल आईएमई बैंकद्वारा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना

लोकपथ
56
Shares

काठमाडौं । ग्लोबल आईएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत पश्चिम–रुकुमको मुसीकोट नगरपालिका वडा नं. ७ स्थित साँख स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु निःशुल्करुपमा उपलब्ध गराएका थिए । शिविरमा एक सय ५० जनाभन्दा बढी महिलाहरु शिविरबाट प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।

बैंकद्वारा आयोजित उक्त शिविर नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिका संघको साझेदारीमा सम्पन्न भएको थियो ।

ग्लोबल आईएमई बैंक लिमिटेडले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता किसिमका कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?