आगामी निर्वाचनमा मोदीको भाजपा कमजोर हुने

एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीको भारतीय जनता पार्टी आगामी आम निर्वाचनमा कमजोर हुने देखिएको छ ।

हालै गरिएको एक सर्वेक्षण अनुसार मोदीको भाजपा ठूलो पार्टी बनेपनि सन् २०१४मा प्राप्त गरेको कुल सीटमा कमी आउनेछ ।

इन्डिया टुडेको मूड अफ द नेशन शीर्षकमा जुलाई महिनामा गरिएको सर्वेक्षणबाट यस्तो देखिएको हो ।

सर्वेक्षण अनुसार अहिले भारतमा चुनाव भए प्रधानमन्त्री मोदीलाई सरकार बनाउन चुनौतीको सामना गर्नुपर्ने हुन्छ ।

सरकार बनाउन चाहिने आवश्यक बहुमतका लागि अन्य सहयोगी दलसँग समर्थन माग्नुपर्ने अवस्था मोदीका लागि आउन सक्ने देखिएको छ ।

यो सर्वेक्षण ९७ संघीय संसदीय क्षेत्र र १९७ प्रान्तीय संसदस्य क्षेत्रमा १२, १०० मानिसको बीचमा गरिएको थियो ।

५४३ लोकसभा सीटमा भाजपालाई २४५ पाउने देखिन्छ । सन् २०१४मा भाजपाले २८२ सीट पाएको थियो ।

त्यतिखेर भाजपालाई एक्लै सरकार बनाउन पाउने स्पस्ट बहुमत थियो ।अहिले त्यसका लागि ३७ सीट घटनेछ ।

सर्वेक्षण अनुसार  भाजपा गठबन्धनलाई २८१ सीट प्राप्त हुनेछ । प्रतिपक्ष गठबन्धनलाई १२२ सीट प्राप्त हुने छ ।

अन्य गठबन्धनलाई  १४० सीट प्राप्त हुने देखिएको छ । मोदी फेरि प्रधानमन्त्री भए उनलाई सरकारको ठूलो निर्णय लिन सजिलो हुनेछ्रन् ।

समाजवादी पार्टी, बहुजन समाजवादी पार्टी, टीएमसी, टीडीपी र पीडीपी जस्ता दल कांग्रेस नेतृत्वको युपीए गठबन्धनको साथ  मिलेर चुनाव लडने हो भने परिणाम चकित पार्ने खालको आउन सक्ने देखियो ।

यस्तोमा भाजपा गठबन्धनलाई २५५ र कांग्रेस नेतृत्वको युपीए गठबन्धनलाई २४५ सीट प्राप्त हुन सक्छ । अन्यलाई ४६ सीट प्राप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?