बाल विकास शिक्षकको तलब वृद्धि

लोकपथ
357
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकास शिक्षकको तलब वृद्धि भएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै, मन्त्री पौडेलले २०७८–०७९ मा संघीय सरकारले दिँदै आएको आठ हजारमा दुई हजार थप गरी १० हजार तलब बनाइएको बताए ।

‘चालु आर्थिक वर्ष २०७८–०७९ मा संघीय सरकारबाट आठ हजार र स्थानीय तहबाट सात हजार गरी न्यूनतम मासिक १५ हजार उपलब्ध हुने व्यवस्था गरिएको हो,’ उनले भने । ‘बाल विकास शिक्षकको हकमा संघीय सरकारबाट दुई हजार थप गरी १० हजार उपलब्ध गराउने गरी बजेटको व्यवस्था गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?