‘एकराज मेरो श्रीमान हो’ भन्दै ताण्डव देखाउने राज्यमन्त्री वलीविरुद्ध उजुरी

लोकपथ
707
Shares

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्र विमला वलीविरुद्ध मीना बस्नेत भण्डारीले उजुरी दिएकी छिन् ।

राज्यमन्त्री वलीले मंगलबार बिहान आफू र आफ्नी नाबालक छोरीमाथि घरमै आएर कुटपिट गरेको भन्दै उजुरी दिएकी हुन् ।
राज्यमन्त्री वलीले बस्नेतका श्रीमान एकराज बस्नेत आफ्नो रहेको दाबीसहित आफ्ना घरका सामानहरु समेत छरपस्ट गरेको बताएकी उजुरीमा उल्लेख गरेकी छिन् ।

“निजले ढोका खोल भनी मेरो पर्खालको गेट हानेकीले मैले मन्त्री आउनुभएको रहेछ भनी गेटको चावी ल्याइ गेट खोल्नासाथ निज मेरो घरमा आई ढोका खोली भित्र पसेपछि म पनि कोठमा आई के कामले आउनुभएको हो भन्नासाथ निज विमला वलीले एकराज तेरो लोग्ने होइन मेरो हो तुरुन्त निकाल भनेपछि मैले मेरो श्रीमान् घरमा हुनुहुन्न भन्नासाथ निजले एक्कासी मेरो कपाल समाती लुछी पल्टाई मलाई लात्ती र मुड्कीले हानी मेरो मोबाइल भित्तामा हानी फालिदिएपछि मैले तपाईं मन्त्रीजस्तो पदमा बसेकी हुनुहुन्छ भन्दा पनि नमानी मेरो दराजसमेत तोडफोड गरी मलाई अपशब्द प्रयोग गर्दै हातपात गरी राखेको अवस्थामा मेरी नाबालक छोरी एन्जिला बस्नेतले आमालाई नमारीदिनुस् भन्दै रोइकराई गर्दै छुट्टयाउन आएपछि छोरीलाई पनि समातेर लछारपछार गर्दै हातपात गरिसकेपछि मैले हार गुहार माग्दा छिमेकीहरु आए ।”

अहिले मात्र होइन उनले नाम लिएका एकराजसँगको तस्बिर सार्वजनिक भएपछि केही समयअघि उनी विवादमा परेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?