प्रदेश १ सरकारले विद्युतीय गाडीका लागि चार्जिङ स्टेशन स्थापना गर्ने

लोकपथ
42
Shares

काठमाडौं । प्रदेश १ ले विद्युतीय गाडीको प्रयोगलाई प्रवर्द्धन गर्ने भएको छ । प्रदेश सरकारले विद्युतीय गाडीलाई व्यवस्थित र विद्युतको समस्या हटाउन रणनीतिक रुपमा अघि बढ्ने जनाएको हो ।

नयाँ बजेटमार्फत विद्युतीय गाडी प्रयोगमा वृद्धि गर्न प्रदेश सरकारले चार्जिङ स्टेशन स्थापना गर्ने योजना अघि सारेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै विद्युतीय गाडीको योजना सार्वजनिक गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?