रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ९१ करोड ४४ लाख रुपैयाँको बजेट ल्याएको छ ।
बुधबार प्रदेशसभामा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले गत वर्षको भन्दा करिब दुई अर्ब रुपैयाँ बढीको बजेट प्रस्तुत गरेका हुन् ।
प्रदेशले एक स्थानीय तह एक खेदकुद संरचना, एक स्थानीय तह एक नमुना उत्पादन, एक जिल्ला एक निर्यातयोग्य बाली तथा बस्तु, एक स्थानीय तह एक प्रागांरिक मल उद्योग, स्मार्ट कृषि गाउँ कार्यक्रमलाई बजेटमा समावेश गरेकाे छ ।
बजेटमा लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा अबदेखि ओपिडी टिकटमा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
लुम्बिनी प्रादेशिक अस्पताललाई प्रादेशिक मेडिकल कलेजमा स्तरउन्नति गर्नका संघ सरकारसँग समन्वय गर्ने मन्त्री खड्काले बताएका हुन् ।
यसैगरी प्रदेश राजधानी लालमटियामा स्व. शुशील कोइराला स्मृति पार्क निर्माणका लागि १ करोड विनियोजन गरेको उनले जानकारी दिए ।
यसैगरी रुपन्देहीको सैनामैना नगरपालिका प्रदेशस्तरीय जेष्ठ नागरिक ग्राम निर्माण हुने भएको छ । यो ग्राम निर्माणका लागि ७ करोड बजेट बिनियोजन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया