१८ औँ ‘एशियाड’: पौडीमा गौरीकाको निराशाजनक प्रर्दशन

जाकार्ता । इन्डोनेशियामा भइरहेको १८ औं ‘एशियाड’ अन्तर्गत पौडीको महिला २ सय मिटर फ्रिस्टाइलतर्फ नेपालकी गौरीका सिंह हिट चरणबाटै बाहिरिएकी छिन् ।

 राजधानी जाकार्ताको एक्वाटिक सेन्टरमा बुधवार भएको हिट चरणको खेलमा नेपालीका सिंहले २ मिनेट १२ दशमलब ५३ सेकेन्डमा पूरा गरिन् ।

८ खेलाडी सहभागी हिट चरणमा उनी सातौं स्थानमा रहिन् । गौरीकाको नाममा यसअघि २ मिनेट ०९ दशमलब १९ सेकेन्डको राष्ट्रिय किर्तीमान छ । सोही स्पर्धामा जापानकी इगारासी चिहिरोले २ मिनेट शुन्य दशमलब २१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थानमा रहिन् ।

१ सय मिटरको फ्रिस्टाइलमा पनि उनी हिट चरणबाटै बाहिरिएकी थिइन् ।

 अब उनले शुुक्रबार महिला ५० मिटर फ्रिस्टाईमा प्रतिस्पर्धा गर्नेछिन् । बुुधबार  नै भएको पुरुष १ सय मिटर बेस्टस्ट्रोकमा शुुभम श्रेष्ठ पनि हिट चरणबाटै बाहिरिए । 

पुुरुष १०० मिटर बेस्टस्ट्रोकमा प्रतिस्पर्धा गरेका थिए । हिट १मा रहेका शुुभमले १ मिनेट ११।३७ सेकेन्डमा दुुरी पार गरे । अब उनले पुुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा शुुक्रबार प्रतिस्पर्धा गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?