जाकार्ता । इन्डोनेशियामा भइरहेको १८ औं ‘एशियाड’ अन्तर्गत लन टेनिसको महिला डबल्सको प्रि–क्वाटरफाइनलमा नेपाल पराजित भएको छ ।
जे एससी टेनिस कोर्टमा बुधबार भएको महिला डबल्समा मायांका राणा र माहिका राणाको जोडी जापानकी मायुका उचिजिमा र इरिना हायासीसँग ६–० र ६–० को सोझो सेटमा पराजित भएकी हुन् ।
राणा दिदीबहिनीको जोडीलाई जापानका उचिजिमा र हायासीको जोडीले सहजै पराजित गरेकी थिइन् ।
नेपालले अन्तिम ३२ खेलमा भुटानलाई पराजित गर्दै प्रि—क्वाटरफाइनलमा पुगेको थियो । यससँगै नेपालको लन टेनिस ‘एशियाड’मा यात्रा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया