काठमाडौं । ओरेण्टल सहकारीको लगानी रहेको धापासी स्थित २६ रोपनी जग्गामा एन आइ सी एशिया बैंकले कब्जा गरेको ओरेण्टल पिडितहरुले आरोप लगाएका छन् ।
ओरेण्टल सहकारीका निक्षेप कर्ताहरुले सहकारीमा जम्मा गरेको निक्षेप रकम सुधिर बस्नेतले अपार्टमेन्ट निर्माणमा लगानी गरेका थिए । सो अपार्टमेन्ट निर्माणका लागि सुधिर बस्नेतले धितो राखेको २६ रोपनीको अरबौ पर्ने जग्गामा एन आइ सी एशिया बैंकले कौडी को भाउ मा कब्जा गर्न खोजेको छ ।
धितो राखेको समय देखि बैंक को ब्याज तिर्दै आएको पच्छिल्लो समयमा एक्कासी ७० ५ ब्याजदर वृद्धि गरि हड्पने नियत राखी थोरैमात्र ब्याज रकम तिर्न बाँकि हुँदा मात्रै पनि बैंकले उक्त जग्गा २३ करोड मा बैंकले आफ्नो नाममा लिएको छ । उक्त जग्गा को साँवा ब्याज रकम तिर्छु भनि सुधिर बस्नेत ले पटक पटक आग्रह गर्दा पनि बैंकले रकम बुझ्न नमानी सो जग्गा हड्पन खोजेको कारणले सहकारी तथा हाउजिङ्ग पिडित हरु अरु थप पिडित बन्न पुगेका छन् । पहिले धितो राख्दा खाली जग्गा मात्रै भयपनी अहिले धेरै पुर्बाधार ठूला ठूला बिल्डिङहरु निर्माण भइसकेको र अब उक्त जग्गालाई अरबौ पर्छ । तर उक्त जग्गा को पुन मुल्यांकन नगरी कौडिको भावमा हड्पन खोजेको पिडित हरुले आरोप लगाएका छन् ।
राष्ट्र बैंकले चिठ्ठी काट्दा समेत एन आइ सी एसिया बैंकले उक्त निर्देसन नमान्नु मा राष्ट्र बैंकको पनि मिलोमतो भएको पिडित हरुले आशंका गरेका छन् । हाल सबै पिडित हरु मिलेर त्रिपक्षीय सम्झौता गरेको र एकपटक सबै पिडितहरु मिलेर सम्बन्धित निकाय धाउने तर यति प्रयास गर्दा पनि सम्बन्धित निकायले ध्यान नदियमा सबै पिडित हरु मिलेर सडक संघर्समा उत्रन ब ाध्य हुने सहकारी पिडित हकहित संरक्षण समितिकी अध्यक्ष कुन्ती पोख्रेलले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया