आफ्नो पूर्व वकिल दबाबमा झूठो बोलेको ट्रम्पको आरोप

एजेन्सी  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पूर्व वकिल माइकल कोहनले अभियोजनकर्ताको दबाबमा आएर झूठो बोलेको आरोप लगाएका छन् ।

दुई महिलासँग ट्रम्पको यौनसम्बन्ध रहेको विषयलाई थामथुम पार्न दुई महिलालाई खरिद गरिएको भनेको उनको भनाइ झूठो रहेको ट्रम्पले बताए । 

कोहनले संघीय अभियोजनकर्तासँगको कुनै सम्झौता अनुरूप झूठो बयान दिइरुहेको ट्रम्पले ट्विटरमा उल्लेख गरेका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले कुनै गलत काम गरेको जनाएको छ ।

ट्रम्पका पूर्व वकिल कोहनले ट्रम्पको निर्देशमा दुई महिलालाई मुख नखोलन रकम दिएको बताए । यो रकम निर्वाचनलाई प्रभावित नपारोस भनेर दिइएको थियो ।  

कोहनले यस्तो भनेपछि ह्वाइटहाउसले ट्रम्पले कुनै गलत नगरेको जनायो ।

प्रवक्ता सारा स्यानडर्सले ट्रम्पले कुनै गलत काम नगरेको बताइनु । उनको विरूद्ध कुनै अभियोग नभएको उनको भनाइ थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?