१ सय २२ स्थानीयतहमा बैंकको शाखा पुगेन

काठमाडाैं : देशका ७ सय ५३ मध्ये १ सय २२ वटा स्थानीयतहमा अझै बैंकका शाखा नपुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले गएको असार मसान्तभित्र सबै स्थानीयतहमा शाखा विस्तार गर्न बाणिज्य बैंकहरूलार्इ निर्देशन दिएको थियो । तर बाणिज्य बैंकहरूले १ सय २२ वटा स्थानीयतहमा शाखा विस्तार गर्न अटेरी देखाएका छन् । 

असार मसान्तसम्म बैंकहरूले ६ सय ३१ स्थानीयतहमा शाखा विस्तार गरेका छन् । प्रदेश नम्बर २ मा बैंकका शाखा अन्य प्रदेशको भन्दा बढि खुलेको पार्इएको छ । १ सय ३६ वटा स्थानीयतह भएको यो प्रदेशमा हालसम्म १२२ वटा स्थानीयतहमा बैंकका शाखा खुलेको केन्द्रीय बैंकले जानकारी दिएको छ। 

१ सय ९ वटा स्थानीय तह भएको प्रदेश नम्बर ५ मा ९९, गण्डकी प्रदेशमा ११, प्रदेश नम्बर ३ मा १२, प्रदेश नम्बर १ मा २५ र प्रदेश नम्ब ७ का २५ स्थानीयतहमा अझै बैंकका शाखा विस्तार गरिएको छैन ।

हालसम्म देशभरका १ सय ५१ वटा बैंक तथा वित्तीय संस्थाहरूले कूल ६ हजार ६ सय ५१ वटा शाखा विस्तार गरेका छन् । कूल शाखामध्ये बाणिज्य बैंकको ३ हजार २३, विकास बैंकको ९ सय ९३, वित्त कम्पनीका १ सय ८६ र लघुवित्तका २ हजार ४ सय ४९ वटा शाखा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?