१८ औँ ‘एशियाड’: तेक्वान्दोमा नेपाल पदक बिहिन

जाकार्ता । इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत तेक्वान्दोमा नेपाल पदक बिहिन बनेको छ । 

‘एशियाड’मा नेपालको लागि सर्वाधिक पदक दिलाएको खेल तेक्वान्दोले यसपटक पनि कुनै पदक जित्न सकेन् । 

बिहीवार नेपालका दुई खेलाडी अन्तिम १६ मा पराजित भएपछि तेक्वान्दो खेल पदक बिहिन बनेको हो । बिहीवार भएको अन्तिम खेलमा नेपालका ज्ञानेन्द्र हमाल र अस्मिता खड्का प्रि—क्वाटरफाइनलबाटै बाहिरिएका छन् । 

बिहीवार भएको पुरुषको ६८ केजीमूनि तौल समूहको खेलमा नेपालका ज्ञानेन्द्र हमाल अन्तिम १६ को खेलमा मलेसियाका रोजाइमी रोजालीसँग ३०–२ अंकले पराजित भए । उनले बिहीवार नै भएको पहिलो चरणको खेलमा  भुटानका वाङचुक जिग्मेलाई ३९–१७ अंकले पराजित गरेका थिए । 

यता, महिला ४९ केजी तौल समूहको खेलमा नेपालकी अस्मिता खड्का इरानी खेलाडी कियानीचान्दे नाहिदसँग ४३–४ अंक पराजित भइन् । एशियाली खेलकुदमा गेरोगीतर्फ १० र पुम्सेतर्फ ४ खेलाडीले प्रतिस्पर्धा गरेको थियो । 

सहभागी १० खेलाडीहरुको पराजयसँगै नेपाली तेक्वान्दो तीन संस्करणको 'एशियाड'मा पदक बिहिन बनेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?