काठमाडौं । एनएमबि बैंकले आफ्ना व्यक्तिगत ग्राहकहरुको लागि आकर्षक मुद्दती योजना एनएमबि डबल मुद्दती र एनएमबि जन्मभूमि डबल मुद्दती सार्वजनिक गरेको छ । एनएमबि डबल मुद्दती योजनाअन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार वा सोभन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिनापछि सो रकम डबल हुनेछ ।
त्यसैगरी, एनएमबि जन्मभूममि डबल मुद्दती योजनामा नेपालीहरुले वैदेशिक रोजगारिबाट रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ ।
सोही योजनाअन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले आफ्नो मुद्दती रकमको ९० प्रतिसतसम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८० प्रतिशत सम्म कर्जा पाउन सकिने जानकारी गराइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया