काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । यस दिन सेयर बजार राताम्य बनेको छ । आइतबार १३ वटै सूचकको सेयर मूल्य घटेको छ ।
आज सेयर बजार मापक नेप्से परिसूचक ३७ दशमलव २७ अंकले घटेर १९३४.११ बिन्दुमा पुगेको छ । यता, सेन्सेटिभ परिसूचक ७.९१ अंकले घटेर ३७३.८५ बिन्दुमा झरेको छ ।
कुल २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
यस दिन हाइड्रोपावर, फाइनान्स, विकास बैंक, अन्य र म्युचुअल फण्ड सेक्टरको सेयरमूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आँखुखोला लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ६५६.३० रुपैयाँ पुगेको छ ।
त्यस्तै, प्रभु लाइफ इन्स्योरेन्स, सिवाईसी नेपाल लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल १३ कम्पनीको सेयर मूल्य बढेको छ ।
रिभर फल्स, बलेफी हाइड्रोपावर, मितेरी डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो नेपाल, हिमाल दोलखा हाइड्रोपावरसहित १७९ कम्पनीको सेयरमूल्य घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया