धनुषा । जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहमाथि जुत्ता प्रहार र हातपात भएकाे छ । ज्ञापनपत्र बुझाउन अाएका स्थानीयले नै उपमेयरलाई कुटेका हुन् ।
जनकपुरधामकाे वडा नम्बर २३ मा अतिक्रमण गरिएको जग्गा खाली गराउन उपमेयर साहले चासो नदेखाएको भन्दै स्थानीयले उपमेयर साहमाथि जुत्ता प्रहार र हातपात गरेका हुन् ।
स्थानीयले उपमेयरलाई घुस लिएकाेसमेत आरोप लगाएका छन् । वडा नम्बर २३ मा भगवान कुटीलाई दिएको जग्गा पछिल्लो समय माफियाहरूकाे कब्जामा रहेकाे स्थानीयले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया