अमेरिका । बेलायती एन्डी मर्रे र अस्ट्रेलियाका जेम्स डकवर्थ युएस ओपन टेनिस च्याम्पियनसिपमा भिड्ने भएका छन् ।
पूर्व विश्व नम्बर एक बेलायती मर्रेको पहिलो चरणको खेलमा अस्ट्रेलियाका डकवर्थसँगको भेट पक्का भएको हो । १४ महिना पछि ग्राण्डस्लाम खेलमा फर्किएका मर्रे डकवर्थलाई पराजित गर्ने रणनीति बनाएर कोर्टमा उत्रदैछन् ।
हिप इन्ज्युरीका कारण मर्रे लामो समयको आराम पछि कोर्टमा फर्किएका हुन् । अहिले पुरुष एकलको वरियतामा मर्रे ३ सय ७८ औँ स्थानमा छन् ।
३१ वर्षे मर्रेले पाँच पटक अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितिसकेका छन् । सन् २०१२ मा भएको युएस ओपनको मुर्रेले पहिलो पटक उपाधि उचालेका थिए ।
ग्राण्डस्लामको उपाधि जित्ने क्रममा उनले दुई पटक विम्वल्डन टेनिस र एक पटक फ्रेन्च ओपन टेनिस जितेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया