‘जीपीएस’ प्रणाली राष्ट्रिय फुटबल टोलीमा प्रयोग

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षणका क्रममा जीपीएस प्रणालीलाई प्रयोगमा ल्याएको छ ।

भदौ १९  देखि बंगलादेशको राजधानी ढाकामा हुने ‘साफ’ च्याम्पियनसिपको तयारी गरिरहेको नेपाली टोलीले शुक्रबारदेखि जीपीएस प्रणालीलाई प्रयोगमा ल्याएको अखिल नेपाल फुटबल संघ ‘एन्फा’ जनाएको हो । 

राष्ट्रिय टोलीमा एथलेटिक तथा पर्फर्मेन्स प्रशिक्षक विवेक विक्रान्त अधिकारीको आगमनसँगै नेपाली टोलीले प्रशिक्षणमा आधुनिक उपकरणहरु प्रयोग गर्दै आएको हो ।

अधिकारीले नेपाली टोलीको फिटनेस सुधार्न एशियाली खेलकुद अघि विशेष प्रशिक्षण पनि दिएका थिए । उनले खेलाडीको फिटनेस सुधार्न र चोटबाट बच्न यो जीपीएस प्रणालीले सहयोग पुग्ने बताएका छन् । 

यता मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पनि नयाँ प्रणालीले खेलाडीको स्तरोन्नतिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

नेपाल रहेको समूह ‘ए’ मा आयोजक बंगलादेश, पाकिस्तान र भुटान रहेका छन् । नेपालले प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानको सामनासँग प्रतिस्पर्धा गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?