काठमाडौं । होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डा मनसुन एक्सचेन्ज” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।
प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ७ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा ४ हजार रुपैयाँसम्मको क्यासब्याक पनि हात पार्न सकिनेछ भने फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
योजना २०७९ असार ५ गते देखि असार १० गतेसम्म मात्रै लागू हुनेछ । यस योजना अन्तर्गत उपत्यका भित्रका ग्राहकहरूले मात्रै सहभागिता जनाउन सक्नेछन् ।
नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया