काठमाडौं– लगातार दुई खेलमा विजयी भएको म्यानचेस्टर सिटीको विजयी यात्रामा ब्रेक लागेको छ ।
प्रिमियर लीग अन्तर्गत शनिबार सम्पन्न आफ्नो तेस्रो खेलमा सिटी वल्भरह्याम्टनसँग बराबरीमा रोकिएको हो ।
वल्भरह्याम्पटनको घरेलु मैदान मोलिनक्स स्टेडियममा सम्पन्न खेलमा सुरुवाती अग्रता वल्भरह्याम्पटननै लिएपनि त्यसलाई १२ मिनेट भन्दा बढी टिकाउन सकेन ।
वल्भरह्याम्पटनका लागि बोलीले ५७ औं मिनेटमा गोल गरे । यस्तै ६९ औं मिनेटमा सिटीका एमेरिकले बराबरी गोल गरे ।
त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल बराबरीमा सकियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया