काठमाडाैं : इलामको पुवा खोलामा ३ मेगावाटको अपर पुवा-१ जलविधुत अायोजना बनाएको जोशी हार्इड्रोले सर्वसाधारणका लागि १४ लाख ४८ हजार ४ सय ६० कित्ता शेयर जारी गर्न लागेको छ ।
१६ करोड ९० हजार ४ सय ७० रूपैयाँ बराबरको साधारण शेयर (अार्इपीअो) जारी गर्न लागेको यो कम्पनीलार्इ प्रतिकित्ता १ सय रूपैयाँ दरले शेयर निष्काशन गर्न पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । जोशीले अार्इपीअो बेच्न सिद्दार्थ क्यापिटललार्इ बिक्री प्रबन्धक तोकेको छ ।
यो कम्पनीले यसअघि नै इलामका अायोजना प्रभावित स्थानीयका लागि ३ लाख ७१ हजार ४ सय कित्ता अार्इपीअो निष्काशन गरिसकेको छ । स्थानीयबासीलार्इ छुट्याएकोमध्ये १ लाख २९ हजार ३ सय ९० कित्ता शेयर मात्र बिक्री भएको छ ।
जोशीले निष्काशन गर्न लागेको अार्इपीअोलार्इ र्इक्रा नेपालले गेड-५ दिएकाले कम्पनीको वित्तीय अवस्था निकै कमजोर रहेको देखिएको छ । कमजोर रेटिङकै कारण इलामेलीले यो कम्पनीको शेयर किन्न अनिच्छा देखाएका थिए ।
थप अार्इपीअो जारी गरेसँगै जोशी हार्इड्रोमा संस्थापक र सर्वसाधारण लगानी अनुपात ५१ :५० पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया